सरकारले फेरि ल्यायो संवैधानिक परिषद्सम्बन्धी अध्यादेश

काठमाडौं । सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेश फेरि ल्याएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संवैधानिक परिषद्‌(काम कर्तव्‍य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्‍यादेश, २०७८ जारी गरेकी हुन् ।

राष्ट्रपति कार्यालयद्वारा जारी बिज्ञप्तिमा सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले संवैधानिक परिषद्‌ सम्बन्धिसहितका सातवटा अध्यादेश जारी गरेको जनाएको छ ।

सरकारले गत मंसिरमा संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, राष्ट्रिय मानव अधिकार आयोगलगायतका संवैधानिक निकायमा पदाधिकारी नियुक्त गरेको थियो ।

राष्ट्रपति भण्डारीले जारी गरेका अन्य अध्यादेशमा यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, औषधि (तेस्रो संशोधन) अध्यादेश, संवैधानिक परिषद् सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, नेपाल प्रहरी र प्रदेश प्रहरी ९पहिलो संशोधन अध्यादेश र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन)सम्बन्धि अध्यादेश रहेका छन् ।

प्रतिक्रिया