प्रकाश सपुतलाई कोरोना : भन्छन् – हतोत्साहि बनाउने रहेछ

काठमाडौँ ।  कलाकार प्रकाश सपुतलाई कोरोना सङ्क्रमण भएको छ । उनले आफू सङ्क्रमित भएको फेसबुक मार्फत जानकारी दिएका हुन् । काठमाडौँ मेडिकल कलेजमा गरेकाे परिक्षणमा आफू सङ्क्रमित भएको पुष्टि भएक हुन् ।

होम आइसोलेसनमा रहेका उनको स्वास्थ्य अवस्था सामान्य छ । उनले भाैतिक रुपमा आफू नजिक रहेका सबैलाई काेभिडकाे परीक्षण गरी सुरक्षित रहन उनले आग्रह गरेका छन् ।

काेभिडकाे लक्षण देखिए पनि नदेखिए पनि मनोबल कम हुने र हतोत्साहि भइने भएकोले सबैलाई सुरक्षित रहन उनले आग्रह गरेका छन् । मनोबल दह्रो बनाएर शारीरिक समस्यासँग लड्दै गरेको बताउने प्रकाशले सतर्क रहेर सुरक्षित बस्न आग्रह गरेका छन् ।
केही दिन अघि मात्रै उनको गीत ‘यो देश मेरो पनि हैन र?’ बोलको गीत सार्वजनिक गरेका थिए ।

प्रतिक्रिया