कोभिडबारे धारणा राख्न देउवाद्वारा पत्रकार सम्मेलन

काठमाडौं । नेपाली कांग्रेसले बढ्दो कोभिड-१९ संक्रमण र त्यसको नियन्त्रणमा सरकारको भूमिकाकाो विषयमा धारणा राख्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ ।

शुक्रबार दिउँसो तीन बजे कांग्रेस सभापति शेरबहादुर देउवाले बुढानिलकण्ठस्थित आफ्नै निवासमा कोभिड-१९ को दोश्रो चरणको बढ्दो संक्रमण र सरकारको भूमिकाका विषयमा आफ्ना धारणा राख्न पत्रकारहरूलाई बोलाएका हुन् ।

पत्रकार सम्मेलनमा सभापति देउवाले कोभिड–१९ को नयाँ भेरियन्टसहितको संक्रमण, निषेधाज्ञा र सरकारको भूमिकाका विषयमा धारणा राख्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रतिक्रिया