एकैदिन प्रहरीले बाँड्यो एक लाख ३३ हजार मास्क

काठमाडौं । नेपाल प्रहरीले कोभिड-१९ संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि २४ घण्टाभित्र करिब १ लाख ३३ हजारभन्दा बढी मानिसलाई मास्क वितरण गरेको छ ।

बिहीबार प्रहरीले २४ घण्टायता भएका प्रहरी गतिविधिहरू सार्वजनिक गर्दै ‘तपाईंको मास्क खोई ?’ कार्यक्रमअन्तर्गत मास्क नलगाई हिँडेका मानिसहलाई १ लाख ३२ हजार ९४६ जनालाई मास्क वितरण गरेको हो ।

त्यस्तै ५८ हजार १५२ जनालाई होल्ड गरी छाडिएको, ३३ हजार ३९४ जनालाई सम्भाइबुझाई गरिएको प्रहरीले जनाएको छ ।

सरकारले आजदेखि गरेको निषेधाज्ञा पालना नगरी बाहिर निस्कने ४ हजार ३३१ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने २ हजार १४५ वटा दुई पांग्रे सवारी र ९३५ वटा चार पांग्रे गाडीलाई नियन्त्रणमा लिएको प्रहरीले सार्वजनिक गरेको सूचनामा उल्लेख गरिएको छ ।

त्यस्तै मास्क नलगाई हिँड्ने एक हजार ९१ जनालाई कारबाही गरिएको प्रहरीले जनाएको छ । गएको २४ घण्टायता सहयोगका लागि ४ हजार ५७० फोन कल आएको सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया