कप्तान मल्ललाई पितृशोक

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ललाई पितृशोक परेको छ ।

उनका बुबा रामकृष्ण मल्लको बिहीबार बिहान ९ बजे काठमाडौं भिमसेनथानस्थित आफ्नै निवासमा निधन भएको नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य छुम्बी लामाले जानकारी दिए ।

७८ वर्षीय उनको बिहीबार नै टेकु घाटमा अन्त्येष्टी गरिएको छ ।

प्रतिक्रिया