अर्बन स्पेसले अटोमेसन टाउन हाउजिङ नेपालमा भित्र्याउँदै

काठमाडौं । विश्वस्तरीय शहरी–बसोबास ‘अर्बन स्पेस’को ललितपुरको सातदोबाटोमा उद्घाटन् गरिएकोे छ । उक्त कार्यक्रमको उद्घाटन मिस नेपाल श्रृंखला खतिवडा र ‘अर्बन स्पेस’का संस्थापक बिपीन गैह्रेले गरेका थिए ।

कार्यक्रममा बोल्दै अर्बन स्पेसका संस्थापक श्री बिपीन गैह्रेले भने, ‘हामी नेपालमा हाउजिङ्गको नयाँ अवधारणा प्रस्तुत गर्न पाउँदा अत्यन्तै खुसी छौँ । यो एक रिभोलुसनरी आइडिया हो‚ जुन आर्किटेक्चर र इनोभेसनमा केन्द्रित रहेको छ ।’

साथै उनले यो परियोजना नेपालमा एक नौलो सुरुवात रहेको र हाल हामीले यो प्रोजेक्ट काठमाडौँ उपत्यकाबाट सुरु गरेको बताए ।

यो मास्टर प्लान सेफ्टी, कन्भेनियन्स, कम्फर्ट र युनिक डिजाइनमा केन्द्रित रहेको कम्पनीले जनाएको छ ।

अर्बन स्पेसले उपलब्ध गराउने विशेष सुविधाहरुमा भूकम्पप्रतिरोधी, २४ घण्टा वाटर सप्लाई, स्मार्ट ग्यास पाइपलाइन, फायर फाइटिंग प्रणाली, स्मार्ट सर्भेलेन्स, फुल्ली इन्सुलेटेड वाल, साउन्ड इन्सुलेशन, मोड्युलर किचन, सेन्ट्रल हीटिंगलगायत पर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया