परीक्षा रोक्ने/नरोक्नेबारे निर्णय लिँदै त्रिवि

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आजको परीक्षा यथावत राखेको छ । बिहान ७ बजेदेखि परीक्षा चलिरहेको हो ।

कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) निर्देशक समितिको आइतबारको बैठकले शिक्षण संस्थाहरुले तय गरेका सबै तहका परीक्षाहरु तत्काल स्थगित गर्ने निर्णय गरेको थियो । तर आजका लागि पूर्व निर्धारित परीक्षा जारी राखेको त्रिभुवन विश्वविद्यालयका सूचना अधिकारी योगेन्द्रप्रसाद दाहालले मकालु खबरलाई जानकारी दिए । उनका अनुसार बीएड, बीएस्सी र बीएको परीक्षा जारी छ ।

सरकारको निर्णय र भोलीदेखिका परीक्षा के गर्ने भन्नेबारे त्रिविका पदाधिकारीहरुबीच बैठक बसेर निर्णय लिइने सूचना अधिकारी दाहालले बताए । ‘सरकारको निर्णय आउँला, निषेधाज्ञा जारी गर्ने कुरा पनि छ,’ उनले भने, ‘त्यसबारे दिउँसो १ बजेपछि बैठक बसेर निर्णय लिन्छौं र हामी अलग्गै सूचना जारी गर्छौं ।’

प्रतिक्रिया