कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित, पीसीआर परीक्षणपछि मात्र बस्ने

काठमाडौं । नेपाली कांग्रेसले सोमबारका लागि बोलाएको केन्द्रीय कार्यसमितिको बैठक स्थगित गरेको छ ।

आइतबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकलले कोभिडको जोखिम बढ्दै गएकाले सोमबारको बैठक स्थगित गरी वैशाख १५ गते दिउँसो २ बजे बस्नेगरी बैठक स्थगित गर्ने निर्णय गरेको कांग्रेसका पूर्व सहमहामन्त्री अर्जुननरसिंह केसीले जानकारी दिए ।

त्यसअघि सबै केन्द्रीय सदस्यको पीसीआर परीक्षण गरिने उनले जानकारी दिए ।

आइतबारको बैठकमा पार्टीको १४ औँ महाधिवेशनको तयारीका बारेमा छलफल गरिएको र क्रियाशील सदस्यताको काम पूरा गर्न निर्देशन दिने निर्णय भएको छ । तर समायोजनको विवाद देखिएका सात जिल्लाको विवाद भने आजको बैठकले पनि टुंग्याउन सकेन ।

प्रतिक्रिया