फ्लोर क्रस गर्ने एमालेका ४ सांसदलाई पदमुक्त गर्न प्रदेशसभामा पत्र

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेले फ्लोर क्रस गरी मतदान गरेका कर्णालीका चार सांसदलाई कारबाही गरेको पत्र प्रदेशसभामा दर्ता गराएको छ ।

आइतबार एमालेले चार सांसदलाई प्रदेश सभा सदस्यबाट निष्काशन गरिएको पत्र प्रदेशसभामा दर्ता गराएको हो ।

पार्टीको ह्वीप उल्लंघन गरी मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वास प्रस्तावको मतदानमा फ्लोर क्रस गरेका चार सांसदहरूलाई पार्टीबाट निष्काशन गरिएको पत्र संसदीय दलका नेता यमलाल कँडेलले आइतबार प्रदेशसभा सचिवालयमा दर्ता गराएका हुन् ।

पदमुक्त हुनेहरूमा प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबहादुर थापा र नन्दसिंह बुढा छन् । ज्वालाबाहेक तीनजना माओवादी नेतृत्वको सरकारमा मन्त्री भइसकेका छन् ।

प्रतिक्रिया