तीर्थयात्री बोकेको बस दुर्घटना, एकको मृत्यु
२०७८ वैशाख ११ गते

|दुर्घटनाग्रस्त बस। तस्बिरः मकालु खबर|
खोटाङ । तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा खोटाङमा एक जनाको ज्यान गएको छ । खोटाङ हलेसीतुवाचुङ नगरपालिका-१ कदुवास्थित मध्यपहाडी लोकमार्गमा भएको दुर्घटनामा एक जनाको ज्यान गएको हो । शनिवार बिहान हलेसी दर्शन गरी सप्तरीतर्फ फर्किँदै गरेको बा ३ ख ९२८५ नम्बरको बस अनियन्त्रित भई दुर्घटनामा परेको हो ।
चालकसहित ३९ जना यात्रु बोकेको बस दुर्घटनामा एक जनाको घटनास्थलमा नै ज्यान गएको हो भने २२ जना घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते मध्ये १६ जनाको अवस्था सामान्य छ । दुर्घटनामा परी ज्यान गुमाउनेमा बसका सह–चालक सिन्धुली घ्याङ लेक गाउँपालिका १ का २५ वर्षीय अनिल तामाङ रहेका छन् । दुर्घटना पछि अवरुद्ध भएको सडक दिउँसो खुलाइएको प्रहरीले जनाएको छ ।
२०७८ वैशाख ११ गते
प्रतिक्रिया
सम्बन्धित








