गाउँपालिका अध्यक्ष किशोरीसँग होटलबाट पक्राउ

काठमाडौं । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष मेहन्द्रबहादुर यादव जबरजस्ती करणीको आरोपमा पक्राउ परेका छन् । सुनसरीका डीएसपी नरेन्द्र कार्कीले मकालु खबरलाई जानकारी दिएअनुसार अध्यक्ष यादव १७ वर्षीया एक किशोरीसँग धरानको एक होटलबाट पक्राउ परेका हुन् । डीएसपी कार्कीकाअनुसार ५४ वर्षीय अध्यक्ष यादव १७ वर्षीया ती किशोरीसँग यौनजन्य क्रियाकलाप गर्दैगर्दा पक्राउ परेका हुन् । ‘उहाँ (अध्यक्ष यादव) पक्राउ पर्नुभएको हो,’ डीएसपी कार्कीले भने– अहिले सोधपुछको प्रक्रिया अगाडि बढेको छ ।’

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय, धरानबाट खटिएको प्रहरी टोलीले यादवलाई रंगेहात पक्राउ गरेको हो । ‘उहाँको १७ वर्षीया किशोरीलाई लोभलालचमा पारेर ल्याउनुभएको रहेछ,’ विशेष स्रोतले मकालु खबरलाई भन्यो– ‘त्यसपछि यौनजन्य क्रियाकलाप गर्नुभएको रहेछ बुझिएअनुसार । शुरुमा उहाँले काम लगाइदिने भनेर होटलमा ल्याउनुभएको रे भनेर पीडितले बताउनुभएको छ ।’

अध्यक्ष यादवलाई जबरजस्ती करणी मुद्दाअन्तर्गत बिहीवार जिल्ला अदालत सुनसरीबाट ५ दिनको म्याद लिएर अनुसन्धान शुरु गरेको डीएसपी कार्कीले बताए ।

प्रतिक्रिया