आजको वार्तामा केही प्रगति भएन : नेपाल

काठमाडौं । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले बिहीवार (आज) को वार्तामा कुनै पनि प्रगति नभएको बताएका छन् । आज दिउँसो पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको वार्तामा कुनै पनि प्रगति नभएको नेता नेपालले बताए । ‘आजको वार्तामा केही प्रगति भएन,’ नेता नेपालले भने– ‘केही हुँदै त भएन ।’

यसअघि ओली–नेपालबीच हिजो पनि वार्ता भएको थियो । त्यसमा आजको वार्तालाई ‘निर्णायक’ भनिएको थियो । हिजै पत्रकारहरुसँग कुराकानी गर्दै नेता नेपालले ‘भोलि भन्छु’ भनेका थिए । तर, आज पनि नेता नेपालले केही बताउन चाहेनन् ।

गत वर्षको फागुन २३ गते सर्वोच्च अदालतले नेकपा नाम ऋषि कट्टेललाई दिएपछि साविककै अवस्थामा पुगेको एमाले समानान्तर गतिविधिका कारण फुटको सन्निकट पुगेको छ । दुवै समूहका नेताहरुले पनि मिलेरै जाने निष्कर्ष निकाले पनि सोअनुसार काम भइरहेको छैन ।

प्रतिक्रिया