मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

नेपाल समूहले बुझायो स्पष्टीकरण, पार्टी विधानविपरीत कुनै काम नगरेको जिकिर

काठमाडौं । विपक्षी एमाले नेता माधवकुमार नेपालसहितका नेताहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीसमक्ष स्पष्टीकरण बुझाएका छन् ।

नेता नेपालसहित उनी पक्षीय नेताहरुले छुट्टाछुट्टै बुझाएको स्पष्टीकरण पत्रमा आफूहरुले नवौं महाधिवेशनबाट पारित नियमावलीविपरीत तथा पार्टी विधानविपरीत कुनै पनि काम नगरेको जिकिर गरेका छन् ।

नेता सुरेन्द्र पाण्डले बुझाएको स्पष्टीकरण पत्रमा आफू र पार्टीका नेताहरुलाई लागेको आरोप निराधार भएको उल्लेख गरिएको छ । उनले लेखेका छन्– ‘म नेपाल कम्युनिष्ट पार्टी (एमाले) को नवौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित व्यक्ति भएकोले यस पार्टीको नाम, झण्डा, नीति र कार्यक्रमको प्रतिरक्षा गर्दै सो प्रयोजनका लागि विभिन्न कार्यक्रममा क्रियाशील हुनु मेरो दायित्व हो। गत चैत्र ४ र ५ गते ललितपुरमा आयोजित नेपाल कम्युनिष्ट पार्टी (एमाले) को राष्ट्रिय कार्यकर्ता भेला पनि नवौं राष्ट्रिय महाधिवेशनबाट पारित राजनीतिक मार्ग निर्देशन र विधानको प्रतिरक्षा तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को एकता र हितमा उक्त प्रयोजन र उद्देश्यका लागि आयोजित कार्यक्रम थियो। उक्त भेलाले पार्टी एकतालाई मजबुत बनाउने कुरामा नै जोड दिएको थियो । त्यस भेलाबाट कुनै पार्टी खोल्ने वा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को उद्देश्य, कार्यक्रम र विधान विपरीतको कुनै काम भएको छैन । सर्वोच्च अदालतको फैसलाको सम्मान गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पार्टी कमिटीहरु तथा जनसंगठनका सबै संरचनाहरुलाई पूर्ववत् क्रियाशील तुल्याउनु पर्छ भन्ने मान्यता राख्दै श्री सर्वोच्च अदालतको फैसलाबाट पुनर्जीवित भएका ती पूर्व कमिटीका गतिविधिमा मेरो संलग्नता रहनु हाम्रो पार्टीको विधान सम्मत गतिविधि हो ।’

अध्यक्ष ओलीले विपक्षी एमालेका २७ जना नेताहरुलाई स्पष्टीकरण सोधेका थिए । कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सदनबाट विश्वासको मत लिँदा विपक्षी एमालेले सहयोग गरेपछि शाही नेतृत्वको सरकारले निरन्तरता पाएको थियो । त्योभन्दा अगाडि सदनमा मुख्यमन्त्री शाहीको विपक्षमा मतदान गर्न भनी सत्तापक्षीय एमालेले ह्वीप जारी गरेको थियो । उक्त ह्वीपविपरीत मतदान गरेको भनी अध्यक्ष ओलीले ‘तपाईँहरुलाई किन कारबाही नगर्ने ?’ भनी स्पष्टीकरण सोधेका हुन् ।

सुरेन्द्र पाण्डेको स्पष्टीकरणः

प्रतिकृयाहरु
Loading...
Makalukhabar.com
Makalukhabar.com