पृथ्वी दिवस : गूगलको प्रेरणादायी डूडल [भिडिओसहित]

काठमाडौं । आज अप्रिल २२ अर्थात् विश्व पृथ्वी दिवस । यो दिवसलाई पृथ्वीको पर्यावरणको बारेमा प्रशंसा गर्दै मनाउने प्रचलन छ । झण्डै १ सय ९२ भन्दा बढी देशमा मनाइने यो दिवसमा खासगरी पर्यावरण कसरी बचाउन सकिन्छ भन्ने कोणबाट विभिन्न कार्यक्रमहरु आयोजना गरिन्छन् ।

सन् १९६९मा अमेरिकाको सान फ्रान्सिस्कोमा युनेस्कोको सम्मेलनमा शान्ति कार्यकर्ता जोन म्याक कोनेलले सन् १९७० मा उत्तरी गोलार्र्धको वसन्त ऋतुको पहिलो दिन मार्च २१ बाट मनाउने गरी पृथ्वीको सम्मान तथा शान्तिको अवधारणाको लागि एक दिनको माग गरेका थिए । तर पछि अमेरिकी सिनेटर गेलर्ड नेल्सनले सन् १९७० मा पर्यावरण शिक्षाको रूपमा एक छुट्टै पृथ्वी दिवसको सुरुआत गरे ।

त्यस दिनदेखि आजसम्म प्रत्येक वर्षको अप्रिल २२ तारिखका दिन संसारभरि नै विश्व पृथ्वी दिवस मनाउने गरिन्छ । यही दिवसलाई केन्द्रमा राखेर गूगलले प्रेरणादायी डूडल तयार पारेको छ । जुन डूडललाई गूगलले आफ्नो गूगल वेबसाइट (गूगल ब्राउजर) मै राखेको छ ।

डूडलले पृथ्वीको पर्यावरणीय पाटोलाई कसरी बचाउन सकिन्छ ? भन्नेबारे चित्रात्मक व्याख्या गरेको छ । भिडिओमा पर्यावरण बचाउने माध्यमका रुपमा रुखलाई लिइएको छ । यस्तै भिडिओले पुस्तान्तरण हुँदा पनि पृथ्वीको पर्यावरणीय पाटोलाई उत्तिकै ध्यान दिनुपर्ने सन्देश दिँदै पर्यावरण बचाउने जिम्मा मानव समाजकै भएको देखाएको छ ।

प्रतिक्रिया