गोकर्ण विष्टले लेखे- पार्टी एकता जोगाउन संकल्प गरौँ

काठमाडौँ । नेकपा एमालेका नेता एवं सांसद गोकर्ण विष्टले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको सकारात्मक रुपमा लिएका छन् । उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै भेटले कार्यकर्ताहरूमा आशा पलाएको बताए ।

उनले प्रधानमन्त्री ओली र नेता नेपालको भेटलाई ‘कालो बादलमा चाँदीको घेरा भेटिनु’को संज्ञा दिए । ‘कालो बादलमा चाँदीको घेरा भेटिएझैं कार्यकर्ताहरूमा आशा पलाएको छ,’ उनी अगाडि लेख्छन्, ‘विलियम शेक्सपियरले भनेजस्तै- जहाँ नदी गहिरो हुन्छ, त्यहाँको जलप्रवाह शान्त र संयम हुन्छ ।’

जस्तोसुकै कठिन परिस्थितिमा पनि संयम, धैर्य र इमान्दार प्रयत्नले समस्याको समाधान सम्भव भएको उनको बुझाइ छ । ‘हेक्का राखौँ, समय र समुद्रको छालले कसैलाई पर्खंदैन,’ नेता विष्ट भन्छन्, ‘नेकपाको ७२औं स्थापना दिवस । हजारौँ योद्धाको रगत पसिनाबाट निर्मित पार्टीको एकतालाई जोगाउन संकल्प गरौँ । आन्दोलनको रक्षार्थ निरन्तर प्रयत्न गरौँ ।’

प्रतिक्रिया