बालुवाटार पुगेर योगेशले भने– पार्टी एक बनाउन लचिलो बन्नुस्

काठमाडौं । विपक्षी एमाले नेता योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर पार्टी एक बनाउन लचिलो बन्न आग्रह गरेका छन् । स्रोतले मकालु खबरलाई बताएअनुसार नेता भट्टराई बुधवार दिउँसो अध्यक्ष ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् । ‘उहाँ र पार्टी अध्यक्षबीच पार्टीलाई कसरी मिलाएर लाने भन्ने विषयमा छलफल भयो,’ स्रोतले भन्यो– ‘त्यसमा पार्टीलाई एक बनाउन अध्यक्ष लचिलो बन्नुपर्ने आग्रह थियो ।’

पार्टीलाई एकै बनाइराख्ने प्रयासस्वरुप अध्यक्ष ओलीले अन्य नेताहरुसँग पनि छलफल गरिरहेका छन् । त्यसै क्रममा नेता भट्टराईसँग छलफल गरेका हुन् । ‘पार्टीलाई एकै बनाएर लाने भए तपाईँ लचिलो बन्नुपर्यो, अध्यक्ष तपाईँ नै हो,’ नेता भट्टराईलाई उद्धृत गर्दै स्रोतले भनेको छ ।

यसअघि अध्यक्ष ओलीले विपक्षी एमालेका २७ जना नेतालाई स्पष्टीकरण सोधेका छन् । उक्त स्पष्टीकरण अन्तिम मौका भनी किटान गरेका छन् ।

प्रतिक्रिया