‘ओली भारतको टाङमुनि छिरिसके’ (भिडिओसहित)

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति कडा टिप्पणी गरेका छन् । सोमवार नेविसंघको ५२औं स्थापना दिवस समारोहलाई काठमाडौंको बाल्मिकी क्याम्पसबाट सम्बोधन गर्दै सभापति देउवाले प्रधानमन्त्री ओली भारतको टाङमुनि छिरिसकेको टिप्पणी गरे । ‘हिजो सबैभन्दा राष्ट्रवादी भन्ने ओली आज भारतको टुमशरणम् भइसक्यो,’ सभापति देउवाले भने, ‘भारतविरोधी नाराबाट जितेको ओली अहिले भारतको टाङमुनि छिरिसक्यो । कहाँ छ राष्ट्रवाद ? उनी राष्ट्रवादी होइनन्, अवसरवादी हुन् ।’

माओवादी केन्द्रले सरकारको समर्थन फिर्ता नलिँदा ओली सरकार अझै बहुमतमै रहेको देउवाले बताए । ‘प्रचण्डले समर्थन फिर्ता लिएका छैनन् । त्यो हुँदा यो सरकार बहुमतमै छन् । ओलीलाई जसपाले पनि साथ दिन खोजिरहेको छ ।’

आफूले ओली नेतृत्वको सरकार हटाउन चाहेको बताए । ‘मैले ओलीलाई हटाउन खोजिरहेको छु,’ देउवाले भने–‘तर, स्यौर सट हुनुपर्छ ।’

प्रतिक्रिया