लुम्बिनीमा अविश्वास प्रस्ताव दर्ता गराउने ३ सांसदलाई मन्त्री

काठमाडौं । आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएसँगै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रिमण्डल विस्तार गर्ने भएका छन् । मुख्यमन्त्री पोखरेलले आफूविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका जनता समाजवादी पार्टीका तीनजना र हस्ताक्षर नगरेका एकजनागरि चार जनालाई  आजै मन्त्री बनाउने तय भएकाे उनी निकट श्राेतले जानकारी दिएकाे छ ।
प्रस्तावमा हस्ताक्षर गरेकामध्ये विजय यादव, सन्तोष पाण्डे र सुमन रायमाझी र प्र
स्तावमा हस्ताक्षर नगरेका जसपा प्रदेशसभा सदस्य कल्पना पाण्डे पनि मन्त्री बन्ने तय भएकाे र आजै सपथ ग्रहण गरि मन्त्रीपरिषदकाे बैठक पनि बाेलाइएकाे श्राेतले जनाएकाे छ । यसअघि मुख्यमन्त्रीविरुद्ध ४१ जना प्रदेश सभा सदस्यहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

यसअघि आजै माओवादीका मन्त्रीद्वय कुलप्रसाद केसी र सुदर्शन बरालले पदबाट राजीनामा दिएका थिए । योसँगै तत्कालका लागि मुख्यमन्त्री पोखरेलले संकट टारेका छन् ।

प्रदेशमा एमालेका ४१ जना, नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १७, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका १ जना सांसद छन् ।

प्रतिक्रिया