संसद् अधिवेशन अन्त्यबारे प्रधानमन्त्रीले छलफल गर्नुभएन : सभामुख

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसद्को हिउँदे अधिवशेन अन्त्य गर्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग कुनै छलफल नगरेको बताएका छन् । सोमवार अधिवेशन अन्त्य भइसकेपछि सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा पत्रकारहरुसँग कुराकानी गर्दै सभामुख सापकोटाले अधिवेशन अन्त्यबारे आफूसँग कुनै पनि छलफल नभएको बताएका हुन् । ‘अधिवेशन अन्त्य गर्ने विषयमा प्रधानमन्त्री र मबीच कुनै छलफल र परामर्श भएको थिएन,’ सभामुख सापकोटाले भनेका छन् ।

आफूलाई थाहै नदिइ संसद् अधिवेशन अन्त्य गरेकोमा गुनासोसमेत गरे । सभामुख सापकोटाले भने, ‘यो विषयमा प्रधानमन्त्री र सभामुखबीच छलफल हुनुपर्ने हो । तर, मलाई थाहै नदिइकन अन्त्य गरिदिनुभएछ ।’

सोमवार सबेरै बसेको मन्त्रिपरिषद् बैठकले संसद्को हिउँदे अधिवेशन अन्त्यको सिफारिस गरेको थियो । त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन अन्त्यसमेत गरिसकेकी छन् ।

प्रतिक्रिया