लुम्बिनी प्रदेश : दुई मन्त्रीद्वारा राजीनामा

काठमाडौं । लुम्बिनी प्रदेश सरकारका दुई मन्त्रीले राजीनामा दिएका छन् । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी र सामाजिक विकासमन्त्री सुदर्शन बरालले राजीनामा दिएका हुन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी मिलेर मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।

८७ सदस्यीय प्रदेशसभाका दुई सदस्य पदमुक्त भएकाले नयाँ सरकार बनाउन ४३ जना प्रदेशसभा सदस्य चाहिन्छ ।

प्रतिक्रिया