संसद् अधिवेशन अन्त्यको सिफारिस
२०७८ वैशाख ६ गते

संसद भवन बानेश्वर। फाइल फोटो।
काठमाडौं । सरकारले संसद्को हिउँदे अधिवेशन अन्त्यको सिफारिस गरेको छ । सोमवार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्यको निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
गत पुस ५ गते विघटन भइ फागुन ११ गते पुनःस्थापना भएको संसद्का हिउँदे अधिवेशन फागुन २३ गतेबाट शुरु भएको थियो । संसद्ले यसबिचमा कुनै काम गर्न सकेको थिएन ।
जेठ १५मा बजेट ल्याउनुपर्ने र त्यसअघि सरकारको नीति तथा कार्यक्रम पेश हुनुपर्ने भएकाले अधिवेशन चाँडै आह्वान हुने पनि ती मन्त्रीले जनाकारी दिए ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य र आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।
२०७८ वैशाख ६ गते
प्रतिक्रिया
सम्बन्धित








