उद्योग संगठले सुरु गर्‍यो नवप्रवद्र्धन अभियान

विराटनगर । उद्योग संगठन मोरङले युवा तथा उद्यामी हुन चाहनेहरुको लागि नयाँ अभियान शुरु गरेकोछ । उद्योग तथा व्यवसाय गर्न चाहने नयाँ प्रवेशीको लागि स्टाटअप एण्ड इनोभेसन शुरु गरिएको उद्योग संगठन मोरङले जनाएको छ ।

स्टाटअप एण्ड इनोभेसनको क्षेत्रमा काम गर्नको लागि समिति बनाएर काम शुरु गरिएको हो । स्टाटअप एण्ड इनोभेसन मार्फत उद्योगहरुमा नविन प्रविधिको प्रयोग बढाउँदै उत्पादन लागत घटाउने र बढीभन्दा बढी फाइदा लिन सकिने संभावनाको खोज र अनुसन्धान गर्नेछ । उद्योगी सुरेन्द्र गोल्छाको संयोजकत्वमा स्टाटअप एण्ड इनोभेसन समिति गठन गरिएको छ ।

जसमा पूर्वाञ्चल विश्वविद्यालयका डिन डा. बिजु थपलिया, सिर्जनशिल युवा सरोज कार्की र सरोज लम्साल तथा जयन्ती आचार्य सदस्य रहेको उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले जानकारी दिए ।

कार्यक्रमममा नेपाली वैज्ञानिक एवं राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले अनुसन्धान गफ गर्ने कुरा नभएको बताए । ‘आविस्कार र अनुसन्धान गरेर देखाउने काम हो,’ उनले भने, ‘गफ गर्ने भन्दापनि काम गरेर देखाउनको लागि आविस्कार हो ।’ पुनले नेपालको सन्दर्भमा आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गरी आविष्कार व्यापार घाटा कम गर्न मद्धत गर्न सबैप्रकारका नविन व्यवसायीक प्रविधिहरुको उपयोग अहिलेको आबश्यकता ररहेको बताए ।

अनुसन्धानका लागि गर्नुपर्ने खर्च व्यवस्थापन गर्न विकसित राष्ट्रहरुले जस्तै राज्यले कुल ग्राहस्थ उत्पादनको कम्तिमा १ प्रतिशत रकम छुट्टाई कोष स्थापना गर्ने र आवश्यक नीति, नियम र कार्यविधि वनाई तत्काल काम गर्नु पर्ने पुनले बताए । ‘उद्योग व्यवसायका साथै वैकिङ क्षेत्रले खोज तथा अनुसन्धानको क्षेत्रलाई प्रोत्साहित गर्न सामाजिक उत्तरदायित्व अन्र्तगत छुट्टाएको १ प्रतिशत रकमबाट इनोभेशनमा खर्च गर्न पाउनु पर्छ, उनले भने, यस्तो काममा कानुनी व्यवस्थाका लागि पहल गर्नुपर्ने देखिन्छ ।’

प्रदेश १ मा मनमोहन प्राविधिक विश्वविद्यालय स्थापना भएसँगै त्यसलाई इनोभेसनको केन्द्रको रुपमा प्रयोग गरिनुपर्नेमा पुनले जोड दिए । आफुले समेत मनमोहनमा महिनाको सातदिनसम्म विद्यार्थीलाई समय दिने बताउँदै उनले उद्योगी–व्यवसायीले समेत त्यहाँबाट लाभ लिनसक्ने बताए ।
उद्योग संगठन मोरङले उद्योगमा नविन आविष्कारहरुको प्रयोगका साथै नया सोचहरुलाई व्यवसायीकातामा रुपान्तरण गर्न शुरु गरेको यो अभियानमा राष्ट्रिय आविष्कार केन्द्रले सहकार्य गर्न प्रतिवद्धता जनाएको छ ।

संगठनका कार्यसमिति सदस्य तथा स्र्टाट अप तथा इनोभेशन समितिका संयोजक सुरेन्द्र गोल्छाले नयाँ प्रविधिको विकास, क्ष्ँमता भएरपनि आर्थिक अभावमा प्रवद्र्धन हुन नसकेका नविनतम अवधारणाहरुलाई संगठनले सहयोग पु¥याउने वताए । बैज्ञानिक, अन्वेषक, उत्प्रेरकका साथ भएको छलफलले आगामी दिनमा संगठनलाई यस क्षेत्रमा थप उत्साहित भएर कार्यगर्न उर्जा प्राप्त भएको संयोजक गोल्छाले बताए ।

उद्योग संगठन मोरङका अध्यक्ष प्याकुरेलले नव उद्यमीलाई अर्थतन्त्रको मूल प्रवाहमा जोड्दै संगठनले अघि सारेको मेरो देश मेरै उत्पादनलाई सार्थक बनाउने योजना अगाडी सारिएको बताए । उद्योग संगठन मोरङले वैज्ञानिक पुनलाई समेत सल्लाहाकारको रुपमा नियुक्ति गरेको जानकारी दिदैं प्याकुरेलले आगामी दिन औद्योगिक क्षेत्रलाई नयाँ मोड दिने योजना रहेको दावी गरे ।

प्रतिक्रिया