ओलीका निर्णय फेल गराउने दौडमा खनाल-नेपाल
२०७८ वैशाख ६ गते

काठमाडौँ । नेकपा एमालेको झलनाथ खनाल-माधवकुमार नेपाल समूह पुनः निर्वाचन आयोग गएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गत फागुन २३ गतेपछि एकलौटी रुपमा गरेको निर्णय खारेजीको माग गर्दै खनाल-नेपाल समूहले निर्वाचन आयोग गएको हो ।
आयोग पुगेर सो समूहले अध्यक्ष केपी ओलीले विधानविपरीत निर्णय गरेको र त्यो खारेजयोग्य भएको भन्दै ८ पाने पत्र बुझाएको छ । आयोगमा पत्र बुझाउन आइतबार नेताहरु बेदुराम भुसाल र राजेन्द्र पाण्डे पुगेका थिए । पत्रमा सर्वोच्च अदालतको २३ फागुनको निर्णयपछि ओलीले एकपक्षीय ढंगले गरेका निर्णयहरु अभिलेखिकरण नगर्न माग गरिएको छ ।
हेर्नुहोस् पत्रको पूर्ण पाठ :-
[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”99977072088″ /]
२०७८ वैशाख ६ गते
प्रतिक्रिया
सम्बन्धित








