आलिया भट्ट कोरोनामुक्त

एजेन्सी । भारतीय अभिनेत्री आलिया भट्ट कोरोना संक्रमणमुक्त भएकी छन् । उनले एक तस्बिर सेयर गर्दै उक्त खबर सार्वजनिक गरेकी हुन् ।

उनले यो समय ‘नेगेटिभ’ हुने राम्रो समय भएको बताएकी छन् । आलियालाई १४ दिनअघि कोरोना संक्रमण भएको थियो ।

उनीभन्दा पहिले रणवीर कपूर र उनको आगामी चलचित्र ‘गंगुबाई काठियावाड़ी’ का निर्देशक सञ्जय लीला भन्साली संक्रमणमुक्त भएका छन् ।

कोरोना भाइरसको दोस्रो लहर सुर भएसँगै महाराष्ट्रमा लकडाउन गरिएको छ । यसको असर आलियाको बाँकी चलचित्रको छायांकन र पोस्ट प्रोडक्सनको काममा असर पर्न सक्ने देखिएको छ । हाल उनका ३ चलचित्र गंगुबाई काठीयावाड़ी, ब्रम्हास्त्र र आरआरआर लाइनअपमा छन् ।

प्रतिक्रिया