ऋचा भन्छिन्- ‘कोही अरूको धड्कन म भित्र प्यारो आभास भइरहेको छ’

काठमाडौँ । नयाँ वर्षको अवसरमा अभिनेत्री ऋचा शर्माले आफू आमा बन्न लागेको खबर सार्वजनिक गरेकी छन् । उनले सुन्दर शब्दावली प्रयोग गर्दै सामाजिक सञ्जाल मार्फत खुसी साटेकी हुन् ।

श्रीमान् दिपेक्ष विक्रम राणासँगै सजिवनको रुख रोपेर पानी हाल्दै गरेको तस्बिर सार्वजनिक गर्दै उनले आफूभित्र कोही अरूको धड्कन प्यारो लाग्न थालेको बताएकी छन् । उनले आफ्नी दिवङ्गत आमालाई यो खुसीको क्षणमा सम्झिएकी छन् । उनलाई लागेको छ उनकी आमाले क्षितिज पारीबाट छोरी ठुली भएको अनुभूत गर्दै छिन् ।

उनले २०७६सालको मङ्सिर १९ गते विवाह गरेकी थिइन् । विवाह लगत्तै उनले मातृ शोक भोग्नु परेको थियो ।

यो नयाँ वर्षमा खुसी सार्वजनिक गर्ने ऋचालाई बधाई शुभकामना ।
https://www.facebook.com/reecha.sharma/posts/10164997813465024

प्रतिक्रिया