चलचित्र पत्रकार सङ्घद्वारा कल्याणकारी कोष अभियान थालनी
२०७७ चैत ३१ गते

काठमाडौँ । चलचित्र पत्रकार सङ्घ नेपालले कल्याणकारी कोष अभियानको थालनी गरेको छ । संस्थामा रहेका आफ्ना सदस्यहरूको सुरक्षा भत्ता, औषधि उपचार, दुर्घटना बिमा, स्वास्थ्य बिमा तथा प्राकृतिक प्रकोपमा सहयोग गर्ने उद्देश्यले कल्याणकारी कोष समिति खडा गरिएको बताइएको छ ।
संघले थालेको अभियानमा भनिएको छ , ‘हामी हाम्रो लागि, पेसागत सुरक्षा र सुख दुःखका सारथी, चलचित्र पत्रकार सङ्घ समाज ।’
सङ्घले चलचित्र क्षेत्रको लागि चलचित्र पत्रकारको भूमिका स्मरण गर्दै कल्याणकारी कोषमा सहयोग गरिदिन सम्पूर्ण सङ्घ, संस्था, चलचित्रकर्मी, कलाकार तथा सङ्गीतकर्मीहरूमा अनुरोध गरेको छ । कल्याणकारी कोषका लागि प्रभु बैङ्कको चलचित्र पत्रकार सङ्घ नेपाल (कल्याणकारी)को खाता नम्बर ००१००००७८८४०००१५ मा सहयोग रकम जम्मा गर्न सकिने सङ्घले जनाएको छ ।
२०७७ चैत ३१ गते
प्रतिक्रिया
सम्बन्धित








