ओलीले बोलाए एमाले महाधिवेशन आयोजक समितिको बैठक
२०७७ चैत ३० गते

|प्रधानमन्त्री केपी शर्मा ओली। तस्वीरः मकालु खबर|
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले महाधिवेशन समितिको बैठक बोलाएका छन् । एमाले प्रमुख सचेतक विशाल भट्टराईले मकालु खबरलाई दिएको जानकारीअनुसार प्रधानमन्त्री ओलीले बैशाख ६ गतेका लागि बैठक बोलाएका हुन् । ‘प्रधानमन्त्रीज्यूले ६ गतेका लागि बैठक बोलाउनुभएको हो,’ भट्टराईले भने, ‘यो बैठकले पार्टीको महाधिवेशनका विषयमा निर्णय गर्ने छ ।’
एमालेको विवाद बढ्दै जाँदा अध्यक्ष ओलीले महाधिवेशन केन्द्रित गतिविधि गरिरहेका छन् भने विपक्षी एमालेको नेतृत्व गरिरहेका माधवकुमार नेपाल र झलनाथ खनालले पार्टीभित्रै समानान्तर गतिविधिलाई बढावा दिएका छन् ।
२०७७ चैत ३० गते
प्रतिक्रिया
सम्बन्धित








