संसद्को रखवारीका लागि सरकारको समर्थन कायम राखेका हौँ : सांसद बस्नेत

काठमाडौं । सांसद शक्तिबहादुर बस्नेतले नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन कायम राख्नुको अर्थ सहयोग र समर्थन नरहेको प्रष्ट्याएका छन् । सोमवार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद बस्नेतले यस्तो बताएका हुन् । ‘भ्रम नहोस्,’ सांसद बस्नेतले भने, ‘हाम्रो पार्टीले सरकारलाई दिइरहेको समर्थनको अर्थ सरकारलाई सहयोग गरेको वा समर्थन गरिरहेको होइन । हामीले खाली संविधान र संसद्को रखबारी गर्नको लागि समर्थन कायम राखिरहेको हो ।’

यस्तै छुट्टै प्रसंगमा सांसद बस्नेतले जनतालाई मौसमी राष्ट्रवाद नचाहिएको बताए । ‘सरकार सबैभन्दा जिम्मेवार हुनुपर्छ,’ केही अगाडि बाँडिएको विभूषणबारे टिप्पणी गर्दै सांसद बस्नेतले भने, ‘राष्ट्रका जिम्मेवारहरुबाट हलुका खालको टिप्प्णी नहोस् । बरु सचेत होऔं ।’

प्रतिक्रिया