‘बेबी सावर’मा दंग श्रेया

एजेन्सी । भारतीय गायिका श्रेया घोसाल र उनका श्रीमान शिलादित्य मुखोपाध्याय पहिलो बच्चाको प्रतिक्षामा छन् । एक महिनाअघि मात्रै गर्भवती भएको खबर सार्वजनिक गरेकी श्रेयाले अहिले भने ‘बेबी सावार’ को तस्बिर सार्वजनिक गरेकी छन् ।

कोरोना संक्रमणको दोस्रो लहर चलिरहँदा उनले आफ्ना साथीभाइसँग सन्तान जन्मिन लागेको खुसीमा भर्चुअल सेलिब्रेसन गरेकी हुन् ।

उनी लेख्छिन्, ‘जब साथीहरू टाढा बसेर पनि मेरोबारेमा चिन्ता गर्छन् भिन्नै आनन्द आउँछ । सबैले फरक फरक परिकार पकाएका छन् र हामी खुसी मनाइरहेका छौँ । यदि अहिले कर्फ्यू र लकडाउन हुँदैन थियो भने… ।’

यी दुईको विवाह ५ फेब्रुअरी २०१५ मा भएको थियो । लामो समयको प्रेमसम्बन्ध पश्चात् यी दुईले विवाह गरेका थिए ।

प्रतिक्रिया