कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित
२०७७ चैत ३० गते

|फाइल फोटो|
काठमाडौं । सोमवार (आज)का लागि आह्वान भएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ । कांग्रेस नेतृ पुष्पा भुसालले मकालु खबरलाई दिएको जानकारीअनुसार कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको भाइको निधन भएपछि बैठक स्थगित भएको हो ।
‘रामचन्द्र दाइको भाइको निधन भएको छ,’ नेतृ भुसालले भनिन्, ‘त्यसैले बैठक स्थगित भएको हो ।’ आजको बैठकमा क्रियाशील सदस्यता वितरण तथा नवीकरणको तथ्यांक केन्द्रमा पठाउने समय थपबारे छलफल गर्ने लगायतका एजेण्डा थियो । अर्को बैठक तय भएको छैन ।
२०७७ चैत ३० गते
प्रतिक्रिया
सम्बन्धित








