विद्यालय बन्द गर्ने/नगर्नेबारे निर्णय लिँदै मन्त्रालय

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय बन्द गर्ने/नगर्ने विषयमा छलफलका लागि सरोकारवालालाई बोलाएको छ । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) कोभिड संक्रमण बढेको भन्दै स्कुल अनलाइन सञ्चालन गर्न सुझाब दिएपछि मन्त्रालयले आज सरोकारवालासँग छलफल गर्न लागेको हो ।

बिहान ८ बजेपछि हुने छलफलमा महानगरपालिकाका प्रतिनिधि, अभिभावक संघ, प्याब्सन, एन प्याब्सनलगायतलाई बोलाइएको मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए । छलफलबाट संक्रमण बढेपछि शैक्षिक संस्था कसरी सञ्चालन गर्ने भन्ने बिषयमा सुझाव लिइनेछ ।

सीसीएमसीको बैठकले संक्रमणको दर बढ्दै गएको र विद्यालय उमेर समूहका व्यक्तिमा बढी संक्रमण देखिएकोले विद्यालय केही दिन बन्द गरी अनलाइन कक्षा सञ्चालनका लागि प्रस्ताव गरिएको थियो । तर प्याब्सनले विज्ञप्ति निकालेर विद्यालय बन्द नगर्न आग्रह गरेको थियो ।

सम्बन्धित समाचार 

-शैक्षिक संस्था तीन साता बन्द गर्न प्रस्ताव
-प्याब्सन भन्छ- विद्यालय बन्दले समस्या समाधान हुँदैन

प्रतिक्रिया