मध्यरात गोली प्रहारबाट मारिए सुनचाँदी व्यापारी

काठमाडौँ । सिरहाको लहानमा एक व्यवसायीको हत्या भएको छ । लहान नगरपालिका-१९ मा सुनचाँदी पसल गर्ने ४० वर्षीय प्रदीपकुमार विश्वकर्माको हत्या भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी उपरीक्षक सुदीपराज भण्डारीका अनुसार राती करिब १२ः४५ बजे गोली चलेको हो । कसले गोली चलायो भन्ने खुलेको छैन । गोलीसँगै हत्या गरिएका विश्वकर्मामाथि खुकुरी पनि प्रहार गरिएको छ । उनकी श्रीमती घाइते छिन् ।

हत्या कसले गरेको भन्ने पुष्टि नभएको तर, घटनामा संलग्न रहेको आशंकामा दुई जनालाई नियन्त्रणमा लिइएको उपरीक्षक भण्डारीले जानकारी दिए । डकैती गर्ने समूहको प्रतिकार गर्दा घटना भएको हुनसक्ने प्रहरीको आशंका छ ।

प्रतिक्रिया