महाभारतमा इन्द्रको भूमिकामा देखिने सतीशको निधन

एजेन्सी । बीआर चोपडाको ‘महाभारत’ मा इन्द्र देवको भूमिका निभाउने कलाकार सतीश कौलको निधन भएको छ । ७४ वर्षीय उनलाई कोरोना सङ्क्रमण भएको थियो । कौलकी बहिनी सुष्माले भारतीय सञ्चार माध्यम सँग कुरा गर्दै निधनको खबर पुस्टी गरेकी हुन् ।

लुधियानामा रहेका उनलाई पाँच दिन यता ज्वरो आएको थियो । कोरोना सङ्क्रमण देखाउने डरले उनले परीक्षण गराएका थिएनन् । ३ दिन अघि भने स्वास्थ्य धेरै खराब भए पछि अस्पताल भर्ना गरिएको थियो ।

सुष्मा आज बिहान मात्रै उनी सँग कुराकानी गरेको बताउँछिन् । बिहान सम्म ठिकै थियो । तर केही घण्टा पछि नै उनको निधन भएको खबर आयो ।

केही वर्ष यता उनी आर्थिक रूपमा कमजोर थिए । उनी सँग औषधि किन्ने पैसा सम्म नहुने बताइएको छ । ३००बढी पन्जाबी र हिन्दी चलचित्रमा काम गरेका उनको अवस्था कोरोना पछिको लकडाउनले अझ नाजुक बनाएको थियो ।

सतवशले महाभारत सँगै ‘विक्रम और बेतालमा काम गरेका थिए । त्यस्तै प्यार तो होनाही था, आन्टी नम्बर १ लगायत चलचित्रमा अभिनय गरेका थिए ।

पहिला केही समय वृद्धाश्रममा बसेका उनी अहिले भने लुधियानामा भाडाको घरमा बस्दै थिए ।

प्रतिक्रिया