चलचित्र ‘लाल मोहनजी’ बन्ने

काठमाडौँ । सम्राट बस्नेतको निर्देशनमा चलचित्र ‘लाल मोहनजी’  निर्माण हुने भएको छ । चलचित्रमा विपिन कार्की, अर्पण थापा, कर्मा शाक्य, रोहित रुम्बा, रवीन्द्र झा, सुष्मा कार्की, सुभाष मेचे, कालु राना, सगुन तण्डुकार र बाल कलाकार सुशान्त मेचेलगायत मुख्य भूमिकामा रहनेछन् भने एक जना नायिका फाइनल हुन बाँकी छ ।

प्रवेश पौडेलको कथा रहने चलचित्रको पटकथा तथा संवाद आकाश बरालले तयार पारेको हुन् । चलचित्रमा सन्तोष राजको सङ्गीत, नीरज कँडेलको छायाङ्कन, राजु तामाङको द्वन्द्व, कविराज गहतराजको नृत्य निर्देशन रहने छ । प्रस्तुत कर्ता तथा निर्माता सगुन तण्डुकार भएको चलचित्रलाई अर्जुन जिसीले सम्पादन गर्नेछन् ।

प्रतिक्रिया