युवा संघद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रपतिबाट पदक वितरण कार्यक्रममा सार्वजनिक गरिएको नेपालको नक्सामा लिपलुके, कालापानी र लिम्पियाधुरा नसमेटिएकोमा युवा सघं नेपालले सरकारको ध्यानाकर्षण गराएको छ ।

 

विज्ञप्तिमा सरकारले राष्ट्रघाती काम गरेको उल्लेख गरिएको छ । भनिएको छ– नेपाल हाम्रो पूर्खाले ठूलो सर्घषका साथ आर्जैको मुलुक हो ।आजको समयसम्म आइपुग्दा लाखौं नेपालीहरुले सीमा रक्षा गर्नका लागि आफ्नो ज्यानको आहुति गरेको कुरा अहिले पनि हाम्रो मथिङ्गलमा फनफनी घुमिरहेको छ । चाहे त्यो कालापानी होस् या देउथल, कागंडा होस् वा टिष्टासम्म होस्, आफ्नो सीमा जोगाउन नखाई लडेको र शरीरमा एक थोपा रगत रहुञ्जेल बैरीहरुलाई सिमानाभित्र प्रवेश गर्न नदिएको कुरा देशभक्ति नेपालीहरुको मनमा ताजै छ ।

नेपालको नक्सा सार्वजनिक एउटा भ्रम मात्रै भएको पनि संघले औंल्याएको छ । ‘प्रकाशन भएको पुस्तक वितरणमा रोक लगाउने, परराष्ट्रमन्त्री भारत पठाइ भारतले भनेअनुसार नक्सा जारीको प्रतिज्ञा गर्नेजस्ता कार्यको घोर आपत्ति छ,’ विज्ञप्तिमा भनिएको छ ।

यस्तै विज्ञप्तिमार्फत सरकारको कदमविरुद्ध सारा नेपालीहरु एकजुट हुन आग्रहसमेत गरिएको छ ।

प्रतिक्रिया