शुभ जन्मदिन प्रिय ‘माग्ने बुढा’

काठमाडौँ । चैत्र २८ गते मकवानपुरमा जन्मिएका केदार घिमिरेको बाल्यकाल खासै सुखद् भएन । सामान्य परिवारका उनी आधा घण्टा ओरालो हिँडेर विद्यालय जान्थे ।

चप्पल नलगाई जाने उनी र उनका साथीहरूले जङ्गलको बाटो ओहोरदोहोर गर्नु पर्थ्यो । खुट्टा भरी कट्टूसका काँडा बिझ्थे । साथी, साथी मिलेर कसको कति वटा काँडा बिझ्यो भन्दै गन्ने गर्थे ।

सानै उमेरमा उनको घर आगलागीमा पर्‍यो । स्थिति यति सम्म नाजुक भयो की, उनी बोरा बोकेर छरछिमेकमा माग्नसमेत हिँड्नु पर्‍यो । घर जल्दा उनको खुट्टामा लगाउने चप्पल सम्म बचेन ।

तर समय-समयको कुरा, अहिले उनी चर्चित छन् । अझ भनौँ उनी सबैको प्रिय छन् । अहिले माग्न त पर्दैन । उनी ‘माग्ने बुढा’ नामले परिचित छन् । आफूले गरेको काम नै आफ्नो परिचय बन्दा उनी खुसी छन् ।

आज उनको जन्मदिनमा चलचित्रकर्मी दीपकराज गिरी, दीपा श्री निरौला, कुमार कट्टेल, प्रदीप भट्टराई, सीताराम कट्टेल, राम प्रसाद खनाल लगायतले सुभेक्षा सहितको शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया