नेकपा एमालेको समानान्तर कमिटी गठन

विराटनगर । नेकपा एमालेको माधव नेपाल समूहले मोरङमा समानान्तर जिल्ला र विराटनगर महानगर कमिटी गठन गरेको छ ।

शुक्रबार माधव नेपाल पक्षले विराटनगरमा एक कार्यक्रमको आयोजना गरी समानान्तर कमिटी गठन गरेको हो । एमालेका वरिष्ठ नेता नेपालको उपस्थितिमा चन्द्रवीर राईको नेतृत्वमा ३ सय २५ सदस्यीय समानान्तर जिल्ला कमिटी गठन गरिएको छ ।

समानान्तर कमिटीको उपाध्यक्षमा चण्डीप्रसाद राई र डा उद्धव पोखरेल रहेका छन् । त्यसैगरी सचिवमा राजन केसी उपसचिवमा ओसिम आलम, निलम ढुंगेल र आर्थिक प्रमुखमा विश्वनाथ राय रहेका छन् ।

त्यसैगरी पारुल क्षेत्रीको नेतृत्वमा १ सय ७५ सदस्यीय महानगर कमिटी गठन गरिएको छ । महानगर कमिटीको उपाध्यक्ष खेम तिम्सिना, सचिवमा किरण दाहाल, उपसिचवमा योगेशराज भण्डारी रहेका छन् ।

प्रतिक्रिया