गृहमन्त्री थापा माओवादीबाट निष्कासित

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई पार्टीबाट निष्कासन गरेको छ । माओवादी केन्द्र छाडी अर्को पार्टीको गतिविधिमा संलग्न भएको भन्दै थापालाई पार्टीले निष्कासन गरेको हो ।

यसका साथै माओवादी केन्द्रले उनको सांसद पदसमेत खोसेको छ । माओवादी केन्द्रले गृहमन्त्री थापालाई पार्टी छाडी अन्य दलको गतिविधिमा संलग्न भएको भन्दै संसद पद त्याग गरेको सूचना संसद सचिवायलमा दर्ता गराएको हो ।

संसद् सचिवालयमा माओवादी केन्द्रका राष्ट्रिय सभाका सांसद दिनानाथ शर्माले थापाले दल त्याग गरेको सूचना दर्ता गराएका हुन् ।

यसका साथै राष्ट्रियसभाका अर्का सांसद चन्द्रबहादुर खड्कालाई पनि स्पष्टीकरण सोधिएको छ । थापा र खड्का दुवै राष्ट्रिय सभामा माओवादी केन्द्रबाट सांसद बनेका थिए ।

प्रतिक्रिया