सांसदको प्रश्न- रेललाई कारोना लाग्छ भनेर त्रिपालले छोपिएको हो ?

काठमाडौं । सांसद स्मृति नारायण चौधरीले कुर्था–जनकपुर–जयनगर रेल सेवा सञ्चालन हुन नसकेको आपत्ती जनाएका छन् ।

प्रतिनिधि सभा संसदको बिहीबार बसेकको शून्य समयमा बोल्दै नेपाली कांग्रेसका तर्फबाट धनुषाका सांसद चौधरीले उक्त रेलमार्ग सञ्चालन नभएको प्रति आपत्ति जनाएका हुन् ।

‘एक वर्षदेखि जनकपुर कैदमा छ, दक्षिणी भन्सार नाका बन्द छ,’ उनले भने, ‘ओली सरकारले दिल्लीबाट चीनबाट रेल आउँछ भनेर भनेका थिए । तर, नेपालको एक मात्र रेल मार्ग कुर्था–जनकपुर–जयनर रेल बन्द छ । रेलमार्ग सञ्चालनका लागि ल्याइएका दुई ओटा इन्जिनलाई त्रिपालले छोपेर राखिएको छ । मानौं रेललाई कारोना लाग्छ ।’

प्रतिक्रिया