विवाह अगावै गर्भवती भएका भारतीय अभिनेत्री

एजेन्सी । भारतीय अभिनेत्री दिया मिर्जाले विवाहको दुई महिना नबित्दै गर्भवती भएको खबर सार्वजनिक गरेकी छन् ।

फेब्रुअरीमा व्यापारी वैभव रेखीसँग दोस्रो विवाह गरेकी उनले ‘बेबी बम्प’ सहितको तस्बिर सार्वजनिक गरेकी हुन् । उनको तस्बिर हेरेर विवाहअघि नै उनी गर्भवती भएको अनुमान गरिएको छ ।

त्यस्तै नायिका नेहा धुपियाले मे २०१८ मा अङ्गद वेदीसँग विवाह गरिन् । विवाहलगत्तै उनले समेत गर्भवती भएको खबर सार्वजनिक गरिन् । मेमा विवाह भएकोमा उनले नोभेम्बरमा छोरीलाई जन्म दिइन् ।

स्वर्गीय अभिनेत्री श्रीदेवीसमेत विवाह अगावै गर्भवती भएकी थिइन् । उनी बोनी कपूरसँग प्रेममा थिइन् । यी दुईले १९९६ मा विवाह गरेका थिए । विवाहको चार महिनामा नै श्रीदेवी आमा बनिन् ।

कोंकणा ले २००७ बाटै रणवीर सौरीसँग सम्बन्ध सुरु गरेकी थिइन् । २०१० सेप्टेम्बरमा विवाह गरेका यी दुई ६ महिनामा नै अभिभावक बने । त्यसपछि थाहा भयो कोकणा पनि विवाहअघि नै गर्भवती भएकी थिइन् ।

नीना गुप्ता क्रिकेटर विवियन रिचर्ड्सको प्रेममा थिइन् । यही समय उनी गर्भवती बनिन् । यी दुईको विवाह त भएन तर नीनाले बच्चा जन्माउने निर्णय गरिन् । उनले एक्लै छोरी मसाबालाई हुर्काइन् ।

सारिका र कमल हसन विवाहअघि एक साथ बस्दै आएका थिए । यही क्रममा १९८६ मा सारिका गर्भवती भइन् । छोरी श्रुतिको जन्म भएको दुई वर्ष पछि यी दुईले विवाह गरे ।

प्रतिक्रिया