नायिका रञ्जनाले गरिन् दोस्रो विवाह

काठमाडौँ । नायिका रञ्जना शर्माले सम्बन्ध विच्छेदको लामो समयपछि विवाह गरेकी छन् । उनले आफ्ना प्रेमी निकेश सिलवालसँग नयाँ जीवन सुरु गरेकी हुन् ।

निर्देशक श्याम भट्टराईसँग सम्बन्ध विच्छेद भएपछि उनी अमेरिकामा बस्दै आएकी थिइन् ।

रञ्जना र निकेशले इसाई धर्मअनुसार औँठी साटेर विवाह गरेका हुन् । केही चलचित्रकर्मी र निकटका व्यक्तिको उपस्थितिमा विवाह सम्पन्न भएको थियो ।

निकेश सिलवालसँग उनी बाल्टिमोरमा ‘लिभिङ टुगेदर’मा बस्दै आएकी थिइन् । काठमाडौँका निकेशले होटेल म्यानेजमेन्ट अध्ययन गरेका हुन् भने ह्याप्पिनेस एड्भोकेटको रूपमा अमेरिकामा रहेर काम गरिरहेका छन् ।

केही समययता रञ्जनाले आफू प्रेममा रहेको संकेत सामाजिक सञ्जालमार्फत् दिँदै आएकी थिइन् ।

प्रतिक्रिया