अनमोललाई लिएर ‘माइतीघर २’ बनाउँदै भुवन

काठमाडौँ । चलचित्र ‘माइतीघर २’ बन्ने भएको छ । अभिनेता तथा निर्माता भुवन केसीले बनाउन लागेको चलचित्रको मुख्य भूमिकामा अनमोल केसी हुने बताइएको छ ।

भुवनकै काजल फिल्म्सको ब्यानरमा बन्ने चलचित्रको नाम उनले दर्तासमेत गरिसकेका छन् । नायिकाको टुंगो नलागेको चलचित्र सुबोध चोपडाले निर्देशन गर्दैछन् । यसअघि उनले चलचित्र पारस निर्माण गर्ने बताएका थिए । पारस र माइतीघर २ मध्ये एक चलचित्रको वैशाखबाट छायांकन सुरु गर्ने भुवनको योजना छ ।

‘माइतीघर’ नेपालमा बनेको तेस्रो तथा निजी क्षेत्रबाट लगानी गरी बनाइएको पहिलो चलचित्र हो । उक्त चलचित्रमा माला सिन्हा, सिपी लोहनीलगायत कलाकारको अभिनय रहेको छ । उक्त चलचित्रलाई विएस थापाले निर्देशन गरेका थिए भने सुमान्जली फिल्म्सले निर्माण गरेको थियो ।

प्रतिक्रिया