तामिल चलचित्रमा उर्वशीको डेब्यु, पारिश्रमिक १० करोड

एजेन्सी । बलिउड कलाकार उर्वशी रौतेल तामिल चलचित्रमा डेब्युको तयारीमा छिन् । चलचित्रको नाम फाइनल नभए पनि छायाङ्कन भने सुरु भइसकेको छ । साे चलचित्रमा उर्वशीले धमाका मच्चाउने अपेक्षा निर्माण पक्षकाे अपेक्षा छ ।

कलाकार सरवननको साथ उनी पहिलाे पटक स्क्रिन सेयर गर्दैछिन् । चलचित्रका लागि उनले १० करोड भारु पारिश्रमिक लिएको भारतीय सञ्चार माध्यममा उल्लेख छ । यो सँगै उनी दीपिका पादुकोण र प्रियङ्का चोपडा पश्चात् तेस्राे महँगाे नायिका बनेकी छन् ।

यसअघि उक्त चलचित्रमा आलिया भट्टलाई लिने चर्चा चलेको थियो । तर जब छायाङ्कन स्थलमा उर्वशीलाई देखियो आलियाको खबर झुटो भएको प्रमाणित भयो । चलचित्र ‘ब्ल्याक रोज’ मार्फत् उर्वशी तेलुगु चलचित्रमा डेब्यु गर्दैछिन् । यस चलचित्रको फस्ट लुक पोस्टर समेत सार्वजनिक भइसकेकाे छ ।

प्रतिक्रिया