विपिन र स्वस्तिमालाई लिएर ‘विवेक’ बनाउँदै निर्माता वाग्ले

काठमाडौँ । निर्माता माधव वाग्लेले चलचित्र ‘विवेक’ बनाउने भएका छन् । आफैँ निर्देशनको तयारीमा रहेका उनले यस चलचित्रमा विपिन बस्नेत र स्वस्तिमा खड्कालाई अनुबन्धित गरेको बताएका छन् । उनकै प्रोडक्सन कम्पनी प्रिन्सेस मुभिजको ब्यानरमा चलचित्र बन्ने छ ।

चलचित्रको अन्य पात्रका लागि अडिसनबाट कलाकार छानिने तयारी थालिएको छ । मधेसी चरित्रका लागि चैत २८ गते प्रदेश नं. २ को अस्थायी राजधानी जनकपुरधाममा अडिसन हुन लागेको चलचित्रका लेखक लोकनाथ कोइरालाले बताएका छन् ।

जेठबाट छायाङ्कनमा जाने चलचित्र नेपाली, मैथिली र भोजपुरी भाषामा निर्माण हुनेछ ।

प्रतिक्रिया