काठमाडौं । नेपाली सञ्चारकर्मीका लागि बहुप्रतिक्षित नेपाल पत्रकार महासङ्घका सबै शाखा, प्रदेश समिति र केन्द्रीय समितिको निर्वाचन आज (बुधबार) एकसाथ हुँदैछ ।
पत्रकार महासंघ प्रत्यक्ष मतदान प्रणालीमा प्रवेश गरेपछि केन्द्रीय समितिको निर्वाचन पहिलो पटक प्रत्यक्ष प्रणालीबाट हुन लागेको हो ।
निर्वाचनका लागि ७७ जिल्लाको सम्बन्धित जिल्ला शाखामा, ४२ प्रतिष्ठानको विभिन्न १९ स्थानमा र एक एसोसियटको दशरथ रङ्गशालामा गरी कुल ९७ बुथमा निर्वाचन तोकिएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा निर्वाचन सुरु हुनुभन्दा केही समय अगाडिका तस्बिरहरू :