मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

नेपाल-खनालपक्षीय समानान्तर कमिटीमा बस्नेलाई कारबाही हुन सक्छ : विशाल भट्टराई

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेका प्रमुख सचेतक विशाल भट्टराईले माधवकुमार नेपाल पक्षले गठन गरेको समानान्तर कमिटीमा बस्ने सबैलाई पार्टीले कारबाही गर्न सक्ने बताएका छन् ।

सोमबारको प्रतिनिधि सभाको बैठकपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै प्रमुख सचेतक भट्टराईले समानान्तर कमिटी गठन गर्न उद्दत हुने र त्यो कमिटीमा बस्ने सबैलाई पार्टीले कारबाही गर्ने बताएका हुन् ।

उनले भने‚ ‘जसरी हिजोका दिनमा केही नेतृत्वका व्यक्तिहरुलाई कारबाहीको प्रक्रिया अघि बढेको छ अब यही तरिकाले जाने हो भने समानान्तर कमिटी गठन गर्न उद्दत हुने र त्यो कमिटीमा बस्नेहरू समेतलाई कारबाहीको दिशामा पार्टी अगाडि बढ्छ ।’

लोकतान्त्रिक विधि, परम्परा र विधानबाट चल्नुपर्ने पार्टीलाई गैह्रकानुनी र गैह्रसंवैधानिक तरिकाले चलाउन खोजिएको पनि बताए । समानान्तर कमिटी गठन गर्ने कुरा पार्टीलाई स्वीकार्य नहुने पनि बताए ।

उनले भने‚ ‘लोकतान्त्रिक विधिबाट, परम्पराबाट विधानबाट चल्नुपर्ने पार्टी यदि गैह्रकानुनी तरिकाले, गैह्रसंवैधानिक तरिकाले र अवैधानिक तरिकाले चल्छ भने स्वभाविक छ त्यो पार्टीको कारबाहीको विषय बन्छ । त्यसकारणले समानान्तर कमिटी गठन गर्ने कुरा त कुनैपनि हालतमा पार्टीका लागि स्वीकार्य विषय हुनै सक्दैन ।’

प्रतिकृयाहरु
Loading...
Makalukhabar.com