एमालेनिकट अनेरास्ववियूका तीन नेता निष्कासित

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियूले संगठनका निवर्तमान सचिवहरू आरती लामा‚ सुदेश पराजुली र वसिम आलमलाई निष्काशन गरेको छ । उनीहरूलाई संगठनको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरिएको हो ।

दुई पटकसम्म स्पष्टीकरण माग्दा पनि अटेर गरेपछि कारवाही गरिएको अनेरास्ववियूका अध्यक्ष ऐन महरले जनाएका छन् । महरले मंगलबार विज्ञप्ति जारी गरी तीन जनालाई निष्काशन गरिएको प्रष्ट पारेका छन् ।

केही दिनअघि माधव नेपालपक्षीय अनेरास्ववियूको भेलाले पराजुलीलाई अध्यक्ष, आलमलाई सह-अध्यक्ष र लामालाई महासचिव चयन गरेको थियो । समानान्तर गतिविधि गरेको भन्दै महरले चैत १५ गते र चैत २२ गते दुईपटक स्पष्टीकरण सोधेका थिए ।

प्रतिक्रिया