म्यान्मार घटनाबारे गहिरो चिन्ता छ : सरकार

काठमाडौं । सरकारले म्यान्मारको सैन्य कूप्रति गहिरो चासो र चिन्ता रहेको बताएको छ । सोमवारको प्रतिनिधि सभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले यस्तो बताएका हुन् । ‘हामी गम्भीर रुपले चिन्तित छौँ,’ ज्ञवालीले भने– ‘त्यहाँ बालबालिकाहरु र शान्तिपूर्ण प्रदर्शन गरिरहेकाहरुको हताहती भएको । ती सबै विषयहरु नेपालसमेत पक्ष भएर पारित भएको रिजोलुसनमा छ । त्यसमा सबै विषय समेटिएको अनुरोध गर्न चाहन्छु ।’

म्यान्मारमा त्यहाँको सेनाले शासन हातमा लिएर लोकतान्त्रिक नेताहरुलाई नियन्त्रणमा लिएपछि नेपालले प्रेस विज्ञप्तिमार्फत आफ्नो धारणा सार्वजनिक गरिसकेको पनि ज्ञवालीले बताए ।

मन्त्री ज्ञवालीले नेपालसहित देशको समर्थनमा संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद्ले एउटा रिजोलुसन पारित गरेको उनले बताए । ‘उक्त रिजोलुसनमा जनताको अभिमतको सम्मान गर्न, लोकतान्त्रिक नेताहरुलाई रिहा गर्न र अत्यधिक बल प्रयोगलाई अन्त्य गर्न म्यानमारलाई आह्वान छ,’ ज्ञवालीले भनेका छन् ।

प्रतिक्रिया