पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरूद्ध नेविसंघद्वारा प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ । पेट्रोलियम पदार्थमा नेपाल आयल निगमले गरेको मूल्यवृद्धिको विरोधमा नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले विरोध प्रदर्शन गरेको छ ।

आइतबार राति १२ बजेबाट लागू हुनेगरी सरकारले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेपछि नेविसंघले  आयल निगमअगाडि प्रदर्शन गरेको हो ।

निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूख्य २-२ रुपैयाँले वृद्धि गरेको थियो । समायोजित मूल्यअनुसार पेट्रोल प्रतिलिटर १२० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १०३ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया