मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

मनकामना केबुलकार सेवा ६ दिनका लागि बन्द हुने

काठमाडौं । नेपालकै पहिलो केबुलकार मनकामना केबुलकारकाे सेवा आगामी चैत २५ गतेदेखि चैत ३० गतेसम्म बन्द हुने भएको छ ।

केबुलकार स्तरोन्नतिको पहिलो चरणमध्येको कार्यअनुसार बुल ह्वील बिएरिङ नयाँ फेर्नुका साथै बुल ह्वील र अन्य मर्मत संभारको लागि डपप्लमेयर अस्ट्र‍ेलियाबाट आउने प्राविधिकबाट मर्मत हुने भएकाले केबलकार बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिले जनाएको छ ।

केबुलकार सेवा ६ दिनका लागि बन्द हुने जनाएको छ । उक्त अवधिभर केबुलकारको बटम स्टेसनमा रहेको रेस्टुरेन्ट भने यथावत रुपमा सञ्चालन हुने बताएको छ ।

मर्मत संभार पश्चात आगामी चैत ३१ गतेदेखि पुनः नियमित रुपमा सञ्चालन हुने समेत जनाएको छ ।

प्रतिकृयाहरु
Loading...
Makalukhabar.com